समाज

जाजरकोटमा विष सेवन गरेकी युवतीको हेलिकोप्टरबाट उद्धार

इकागज |
असोज ७, २०७८ बिहिवार १९:२० बजे

जाजरकोट - विष सेवन गरेर गम्भीर बिरामी परेकी जाजरकोटकी एक युवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाउँपालिका – २ टालेगाउँकी २१ वर्षीय गोवसरा शाहीको हेलिकोप्टरबाट उद्धार गरि उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । 

विष सेवनबाट गम्भीर बिरामी परेकी युवतीको अवस्था गम्भीर भएपछि हेलिकोप्टर बोलाएर उद्धार गरिएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । युवतीले विष सेवन गर्नुको कारण खुलेको छैन । 
 



Author

थप समाचार
x