समाज

समाज कल्याण परिषद्का सबै पदाधिकारीले दिए राजीनामा

इकागज |
असोज ८, २०७८ शुक्रबार १२:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- समाज कल्याण परिषदका पदाधिकारीले राजीनामा दिएका छन् । बिहीबार बेलुका महिला समाज कल्याण तथा ज्येष्‍ठ नागरिक मन्त्रालयको सचिव मार्फत सातै जना पदाधिकारीले राजीनामा बुझाएका थिए ।

परिषद्ले एक महिना अघिदेखि सरकारसँग बजेट माग गरेको थियो । परिषद्लाई बजेट किन दिइएन भनेर बुझ्‍न जाँदा प्रधानमन्त्री कार्यालयबाट राजीनामा प्रस्ताव आएकोले पदाधिकारीले राजीनामा बुझाएको परिषद्का प्रवक्ता दूर्गा प्रसाद भट्टराईले इकागजलाई जानकारी दिए ।


'तपाईंहरूको समस्या बजेट नभएर राजनीतिक समस्या रहेको जानकारी प्राप्‍त भएकाले राजीनामा दिन वहाँहरू बाध्य हुनु भएको खबर हामीलाई दिनुभएको थियो,' परिषद्का कर्मचारी भेलामा पदाधिकारीले जानकारी गराएको प्रवक्ता भट्टराइले भने,' तपाइहरूलाई दुई महिनादेखि तलब खुवाउन सकिनँ, यसका लागि क्षमा चाहन्छौ भन्नुभयो ।'

उपाध्यक्षमा डा. पद्म प्रसाद खतिवडा,र सदस्य सचिवमा पुष्कर खाती यसैगरी सदस्यहरुमा, गोबिन्दबहादुर शाही, डा. ब्रम्हध्वज गुरूङ, डा. मनीराम बञ्जाडे, शुसील ज्ञावली र नानीमाया थापा गत वर्षको साउन १३ गते नियुक्त भएका थिए ।

 


Author

थप समाचार
x