समाज

नवजीवन अस्पतालले भन्यो : चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान गएको होइन

इकागज |
असोज १०, २०७८ आइतवार १४:३६ बजे

कैलाली - धनगढीको नवजीवन अस्पतालले उपचारको क्रममा सुत्केरीको ज्यान गएको विषयमा चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै स्पष्टीकरण दिएको छ ।  शनिबार अस्पताल भर्ना भएकी डोटीको शिखर नगरपालिका ६ कि २६ बर्षिया कल्पना सिंह मल्लको उपचारको क्रममा आइतबार  मृत्यु भएको थियो । 

उनको मृत्युपछि अस्पताले एक विज्ञप्ति जारी गर्दै अस्पतालका विज्ञ टोलीले रात दिन नभनी उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको प्रति दु:ख व्यक्त गरेको छ । ३९ हप्ताको गर्भवती समेत रहेकी मल्ल सो अस्पताललमा नियमित चेकजाँच गराइरहेकी थिइन् अस्पतालले विज्ञप्तिमा भनेको छ ।


विज्ञप्तिमा भनिएको छ, 'असोज ९ गते बिहान १० बजे पेट दुखेर आएको विशेषज्ञ डाक्टरले जाँच गर्दा पाठेघरको मुख नरम मात्र भई एक घरमा खुलेको र त्यस पछि औषधि दिइर बाटो खुलाउने प्रयास गर्दा राती ११ बजेर ४५ बजेतिर  बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको जनाएको छ । 

यस्तै  बच्चा जन्माउने बल नपुगे पछि भ्याकुम प्रयोग गरी डेलिभरी गराएको जनाएको छ । पछि बिरामीको अत्याधिक रक्तश्राव समेत बढेको अस्पतालले विज्ञप्तीमा भनेको छ ।

अस्पतालले तत्कालै २ पिन्ट रगत चढाए उपचारका लागि आइसियू र लगत्तै भेन्टिलेरमा राखेर समेत उपचार गरेको जनाएको छ । विज्ञ टोलीको हर प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । तर उनका आफन्तले डाक्टरको लापरबाहीकै  कारण कल्पनाको मृत्यु भएको भन्दै आइतबार बिहान अस्पतालमा तनाव सिर्जना समेत गरेका थिए । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखिएको छ ।


Author

थप समाचार
x