समाज

जितिया पर्व मनाउँदै उदयपुरका थारु महिला

इकागज |
असोज १०, २०७८ आइतबार १८:३३ बजे

काठमाडौँ - उदयपुरका थारू समुदायले  यस बर्षको जितिया पर्व आफ्नो भाषा प्रबर्द्धन गरि मनाउने भएका छन् । थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाब मुलक कार्यक्रम गरि मनाउने जनाएको हो ।

थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरि थारू बाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारूभाषालाई मान्यता नदिने भाषा आयोगको निर्णयविरूद्ध दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । थारू कल्याणकारीणी सभाका अध्यक्ष शिवनारायण चौधरीले उदयपुर लगायतका जिल्लाका स्थानिय भाषाको मान्यता दिलाउन सांकेतिक रूपमा दवाव दिने कार्यक्रम रहेको जानकारी दिए ।


आगामी भदौ १३ गते त्रियुगा नगरपालिकाको वडा नम्बर १३ हवाई मैदानमा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएको छ । जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार व्रत बस्ने गर्छन ।

जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई-मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।


Author

थप समाचार
x