समाज

भारतीय रूपैयाँसहित एक जना पक्राउ

इकागज |
असोज १०, २०७८ आइतबार २०:३१ बजे

धनुषा - सशस्त्र प्रहरीले ४ लाख भारतीय रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिका ८ स्थित अकौराबाट शनिबार सो रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीआपी) देवडियाबाट खटेको टोलीले भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई पक्राउ गरेको हो । गस्तीमा खटिएको सशस्त्र प्रहरीले साइकलमा सवार यादवमाथि शंका लागेर जाँच गर्दा उनको साथमा उक्त रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।


सो रकम बरामद गरी यादवलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 


Author

थप समाचार
x