समाज

मोरङको चिउरा मिलमा लागेको आगो प्रहरीद्वारा नियन्त्रण

इकागज |
असोज १०, २०७८ आइतबार २१:३० बजे

फाइल तस्बिर

मोरङ – मोरङको सुनवर्षि नगरपालिका ३ अम्मर दहस्थित एक चिउरा मिलमा भएको आगलागी नियन्त्रणमा आएको छ । मिलमा शनिबार लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाले पाँच वटा दमकलको सहयोगमा नियन्त्रण गरेका हुन् ।

सोही ठाउँमा रहेको अरुणकुमार सिंहले सञ्चालन गरेको चिउरा मिलमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सौठाबाट खटिएको सस्शत्र प्रहरी आगालगी नियन्त्रणमा जुटेको थियो ।



Author

थप समाचार
x