समाज

झापामा जंगली हात्तीको आक्रमणमा परेकी महिला बेपत्ता

इकागज |
असोज १४, २०७८ बिहिवार १८:४७ बजे

झापा – बिहीबार दिउँसो झापामा एक महिलालाई जंगली हात्तीले आक्रमण गरेको छ । हात्तीले सुँडले च्यापेर महिलालाई जंगलभित्र लगेको स्थानीयबासीले जनाएका छन् । हात्तीले जंगलभित्र लगेको ती महिला साँझसम्ममा फेला परेकी छैनन् । बिर्तामोड नगरपालिका ८ नेपाल चोक बस्ने ५० वर्षीया लतुमाई मर्डीलाई हात्तीले जंगलभित्र लगेको प्रहरीले जनाएको छ । 

भद्रपुर नगरपालिका– १० स्थित देउनियाँछेउको चन्द्रगढी सामुदायिक वनभित्र आफ्ना श्रीमान् शुकलाल मर्डीसहित उनी  निगुरो टिप्न पुगेकी थिइन् । सोही बेला जंगली हात्तीले उनीमाथि आक्रमण गरेको हो । घटनालगत्तै शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए। महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी सक्रिय छन् ।



Author

थप समाचार
x