समाज

नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

इकागज |
असोज १६, २०७८ शनिवार २१:३८ बजे

काठमाडौँ – साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक आहुति, समालोचक डा. रामप्रसाद ज्ञवाली र कवयत्री डा. गीता त्रिपाठीले संयुक्तरुपमा उक्त महाकाव्यको लोकार्पण गरेका हुन् ।

मुलुकको राजनीति र इतिहासमा पछि परेका समान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको उक्त महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी तरवारको चर्चा गरिएको छ । राज्यशक्तिको बलमा सीमान्तकृत समुदायलाई कसरी पीडा पु¥याउन सक्नलगायत घटनाका नालीबेली तथा त्यस बेलाको समाज, पात्र र प्रवृत्ति समेटेर तयार गरिएको उक्त महाकाव्यमा समाज शुद्धीकरण, कर्मका आधारमा व्यक्तित्व निर्माण र मुक्ति प्राप्त विषयमा ज्ञान दिन खोजिएको छ ।


सो अवसरमा आहुतीले साहित्यकारका सिर्जनामा दलित पात्र हुँदैमा सीमान्तकृत समुदायका आवाज र हकहितका लागि सम्बोधन भइहाल्छ भन्ने अवस्था नरहेको बताए । पूर्वीय साहित्य अध्ययनमा विशेष दख्खल राख्ने साहित्यकार लम्सालका यसअघि कर्ण र धरा नाम महाकाव्य प्रकाशित छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको गद्यमा लेखिएको उक्त महाकाव्यमा ४२ सर्ग छ ।


Author

थप समाचार
x