समाज

‘अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा छुट दिइनुपर्छ’

इकागज |
असोज १८, २०७८ सोमबार २१:२५ बजे

विराटनगर – अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा छुट दिइनुपर्ने सरोकारवालाहरूले बताएका छन् । यस्ता व्यक्तिहरूलाई कानूनअनुसार सार्वजनिक यातायातको आरक्षित सिट र भाडामा छुट उपलब्ध गराउनुपर्ने सरोकारवालाले बताएका हुन् । 

कानूनमा भएको व्यवस्था कार्यान्वयन गर्न सरकारले ध्यान दिँदै अपांगता भएका व्यक्तिहरूलाई उच्च शिक्षा अध्ययनका विशेष व्यवस्था गर्न सुझाव उनीहरूले सुझाव दिएका छन् । कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन ललितपुरद्वारा प्रदेश १ स्तरीय सरोकारवालाहरूसँग मोरङमा सोमबार आयोजित अपांगतासम्बन्धी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनियमहरूको कार्यान्वयनको अवस्था चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले अपांगता भएका व्यक्तिको हक, हितका पक्षका आवाज उठाएका छन् । 



Author

थप समाचार
x