समाज

कारमा गोली हानेर आठ लाख रुपैयाँ लुटियो

इकागज |
असोज २१, २०७८ बिहीबार २१:५६ बजे

फाइल फोटो

बुटवल - कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ । बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

गोली प्रहारबाट प्रदेश ३–०१–२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
 



Author

थप समाचार
x