समाज

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

इकागज |
असोज २२, २०७८ शुक्रवार १४:११ बजे

नुवाकोट - आफ्नै श्रीमती शुसिला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राजकुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राजकुमारले घरायसी विवादका कारण ३२ वर्षीया शुसिलालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, घाइते राईलाई प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाएको थियो । राईको उपचारका क्रममा शुसिलाको मृत्यु भएको हो । 



Author

थप समाचार
x