समाज

बुटवलको मोतिपुरमा गोली चलेपछि कर्फ्यु घोषणा

इकागज |
असोज २४, २०७८ आइतवार १७:२९ बजे

बुटवल - आइतबार बिहानैदेखि तनावग्रस्त बनेको बुटवलको मोतीपुरमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रसाशनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी गरेको हो ।

पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।


यसैबीच, रुपन्देहीको मोतीपुरमा सुकुम्बासी भनेर जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले गोली चलाएको थियो । सुकुम्बासीका नाममा भेला भएका उनीहरुले प्रहरीमाथी वियरको बोत्तलमा पेट्रोल राखेर प्रहार गरेका थिए । 

दैनिक रुपमा सयौँ नागरिकहरु मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले गोली चलाएर भीड तिरवितर पार्ने प्रयास गरेको थियो । प्रहरीको गोली लागेर केही घाइते भएको बताइएको छ । 

प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो । उक्त क्षेत्रमा मोतीपुर औद्योगिक क्षेत्र स्थापनाका लागि गत चैतमा शिलान्याश भएको थियो। शिलान्यासका बेला तत्कालिन अर्थमन्त्री विष्णु पौडेलमाथि पनि स्थानीयले ढुंगा प्रहार गरेका थिए।


 


Author

थप समाचार
x