समाज

मोतिपुर घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

इकागज |
असोज २४, २०७८ आइतबार १८:२५ बजे

फाइल : मोतिपुर घटनामा प्रहरीको गोली लागेका घाइते ।

काठमाडौँ - बुटवलको मोतिपुरमा प्रहरीसँगको झडपमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । एक जनाको उपचारका क्रममा र दुई जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

मृत्तक तीन जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । भैरहवा अस्पतालमा अन्य १० घाइतेको उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 


अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीय प्रहरीमाथि जाइलागेका थिए । सो क्रममा झडप हुँदा प्रहरीले गोली चलाएको थियो । जसक्रममा केही प्रहरी र केही प्रदर्शनकारी घाइते भएका थिए । 

प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन । स्थानीय प्रशासनले मोतिपुरमा कर्फ्यु आदेश जारी गरेको छ । 

 


Author

थप समाचार
x