समाज

सिरहाबाट लागूऔषधसहित ३ जना पक्राउ

इकागज |
असोज २४, २०७८ आइतबार १९:८ बजे

जनकपुरधाम - सिरहा प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने १९ वर्षीय निकित कुमार रहेको प्रहरीले जनाएको छ ।

सिरहा नगरपालिका १५ स्थित प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।


पक्राउ परेका तीनैजनाको साथबाट बीआर ३२ एजी ५५११ भारतीय नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अबैध लागुऔषध नाइट्रोभेट १० पत्ता (३०० ट्याबलेट) फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x