समाज

यी हुन्, घान्द्रुक जीप दुर्घटनामा ज्यान गुमाउने ८ युवायुवती

इकागज |
असोज २५, २०७८ सोमबार १७:१४ बजे

पोखरा - कास्कीको घान्द्रुकमा जीप दुर्घटनामा परी मृत्यु भएका ८ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मृत्तक सबैको सनाखत गरेको हो । मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाडौं ३ गोंगबुका १८ वर्षीय जीनलव घिसिङ रहेका छन् ।

यस्तै काठमाडौँकै २४ वर्षीय सुजा चौधरी, २० वर्षीय लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले रहेका छन् । यस्तै गोरखा घर  काठमाण्डौ ३ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेका छन् ।


काठमाडौँ गोंगबुकी २० वर्षीय देविका घिसिङ भने भाग्यले बाँचेकी छन् । भीरको रुखैमा अड्किएकी उनको बाँया हात र नाकमा चोट लागेको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x