समाज

फूलपाती बढाईंमा प्रधानसेनापति शर्मा अनुपस्थित

इकागज |
असोज २६, २०७८ मगलवार १७:४६ बजे

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा सैनिक मञ्‍च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन् । उनी अस्वस्थ भएका कारण त्यहाँ उपस्थित हुन नसकेका हुन् । उनलाई उच्च ज्वारो आएकाले अन्यको स्वास्थ्य सतर्कतालाई ध्यानमा राखेर उनी कार्यक्रममा सहभागि नभएका हुन् । 

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले प्रधानसेनापतिलाई ज्वरो आएको कारण मञ्चमा सहभागि हुन नसकेकाे बताए । ‘स्वास्थ्य सतर्कता अपनाउँदै उहाँ समारोहमा सहभागि नहुनुभएको हो,’ प्रवक्ता पौड्यालले जानकारी दिए । 


सिजनल फ्लु अर्थात भाइरल ज्वरो आएको कारण पनि प्रधानसेनापति शर्मा सहभागि नभएका हुन् । कुनै खाले एलर्जिले भए त अन्यलाई असर नगर्ला तर भाइरल हुँदा अन्यलाई असर गर्ने र त्यँहा रोयलवक्समा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुसँग रहनु पर्ने हुनाले पनि प्रधानसेनापतिले सबैको स्वस्थ्यलाई ध्यानमा राखेर सेनाभित्र छलफल गरेर सहभागि नभएको सैन्य अधिकारीले जानकारी दिए । 

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भर्खर आएको र त्यसमा भने नेगेटिभ देखिएकाले काेभिडबारे ढुक्क भएको सैनिक स्रोतले बतायो । अहिले सेनापतिको स्वास्‍थ्‍य अवस्था सुधारोन्मुख रहेको पनि सैन्य अधिकारीले जनाएका छन् । 


Author

थप समाचार
x