समाज

देशभरको मौसम सफा, दसैंमा पानी नपर्ने

इकागज |
असोज २८, २०७८ बिहीबार ७:५५ बजे

काठमाडौं - देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरूको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ ।

विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।


टीकाको दिन भोलि शुक्रबार प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागको प्रक्षेपण छ । टीकाको भोलिपल्ट शनिबार प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागले जनाएको छ ।  


Author

थप समाचार
x