समाज

रुबीलाई रिहा गर्न सर्वोच्चको आदेश

इकागज |
असोज २८, २०७८ बिहीबार १७:५९ बजे

फाइल फोटो

काठमाडौँ : अभियान्ता तथा महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन अधिकारकर्मी रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर केही दिनअघि काठमाडौं आइपुगेको थियो । 

उनले काठमाडौँमा न्यायको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा चलाएको थियो । सो मुद्दाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ । साथै उनलाई धरपकड नगर्न पनि सर्वोच्च अदालतको आदेशमा उल्लेख छ । 


दुई महिलाको न्यायको माग गर्दै रुबीसहितको टोलीले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेको छ ।


Author

थप समाचार
x