समाज

दसैंमा घट्यो धनगढीको चहलपहल

इकागज |
असोज २८, २०७८ बिहीबार १८:३६ बजे

धनगढी - विजया दशमी सुरु हुँदा सुदूरपश्चिमकै राजधानी धनगढी बजारको चहलपहल पातलिएको छ । अन्य दिनमा निकै व्यवस्त रहने धनगढी बजारको चहलपहल दसैँका बेला सुस्त छ ।

धनगढीमा बस्ने अधिकांस मानिस दसैँका बेला गाउँ केन्द्रित हुन थालेपछि चहल पहल पातलिएको हो ।  धनगढीमा बसोवास गर्ने अधिकांस मानिस दशैका बेला गाउँ जानेर आफन्तसंँग रमाइलो गर्ने गर्दछन् । यसैबीच, धनगढीमा बस्ने घरवाला गाउँ जाँदा चोरी डकैती बढ्ने भन्दै प्रहरीले टोल केन्द्रित सुरक्षा परिचालन गरेको छ ।


‘बजार क्षेत्रमा सुरक्षा गस्तीसँगै सिसिटिभी क्यामेराकाे सहायताले सुरक्षा निगरानी गरिएको छ, ’जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘दसैँ मनाउन घरमा ताला लगाएर जाने क्रम बढेपछि अपराध हुन नदिन अहिले टोलटोलमा पनि गस्ती बढाइएको छ ।’ न्‍युजकारखाना


Author

थप समाचार
x