समाज

सर्वोच्चको आदेशले रिहा भइन् रुबी खान

इकागज |
असोज २८, २०७८ बिहीबार १९:२ बजे

काठमाडौँ : सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुबी खान रिहा भएकी छन् । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन अधिकारकर्मी रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर केही दिनअघि काठमाडौं आइपुगेको थियो । काठमाडौँमा न्यायको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा चलाएको थियो । 


सो मुद्दाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको थियो । सोही आदेशपछि उनी जिल्ला प्रहरी कार्यालय बाँकेबाट रिहा भएकी हुन् । सर्वोच्चले उनलाई धरपकड नगर्न पनि आदेश दिएको छ । 


रिहा भएपछि अधिकारकर्मीले उनलाई माला लगाएर स्वागत गरेका थिए । उनले रिहा भएलगत्तै आन्दोलन जारी राख्ने प्रतिक्रिया दिएकी छन् । 


Author

थप समाचार
x