समाज

मुगु बस दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक अन्त्येष्टि

इकागज |
असोज २८, २०७८ बिहीबार २०:३७ बजे

फोटो क्रेडिट : तीर्थ चौलागाईँ

काठमाडौँ - मुगु बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधबार र बिहीबार उनीहरुको सामूहिक अन्त्येष्टि गरिएको हो । केहीको बुधबार र धेरैको बिहीबार मुगुका स्थानीय नदी, खोला तथा मशानघाटमा अन्त्येष्टि गरिएको मुगुबाट तीर्थराज चौलागाईले जानकारी दिए ।

नेपालगञ्जबाट मुगु गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार पिनागाउँमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप ८ जनाको बाटोमा र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


घाइते १५ जनाको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । टायर पन्चर भएर दुर्घटना भएको भनिएपनि कर्णाली प्रदेश प्रहरीले बस दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । 


Author

थप समाचार
x