समाज

हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौँरी

इकागज |
असोज ३०, २०७८ शनिबार १३:३५ बजे

ताप्लेजुङ - खच्चर र चौँरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ । हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको हो ।

ताप्लेजुङ जिल्लाका हिमाली बस्तीहरूमा सडक सञ्जालले जोडिएको छैन । गाउँहरूमा भरिया पनि पाउन छोडेपछि खच्चर र चौँरी याक नै खाद्यान्न ढुवानी गर्नका लागि भरपर्दो साधन बनेको हो । यसपालिको दसैँ तिहारका लागि आवश्यक खाद्यान्न सामग्री खच्चर,चौँरी र याकमार्फत ढुवानी गरिएको छ । हालसम्म सडक र यातायातको पहुँच नपुगेको क्षेत्रहरूमा पशुमार्फ दसैँको लागि खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी गरिएको हो ।


दसैँ चाड नजिकिएसँगै स्थानीयले  खाद्यान्नसहितका आवश्यकीय उपभोग्य सामग्री खच्चर र चौँरी याकहरूलाई बोकाएर ढुवानी गरेका हुन् । मामाङ्खेमा अहिलेसम्म सडक पुगेको छैन भने याम्फुदिनमा सडक ट्रयाक (मार्ग) पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङ गोला, याङमा, र घुन्सा क्षेत्रमा र मिक्वाखोला गाउँपालिका-५ पापुङमा, तोक्पेगोला क्षेत्रमाहरूमा यातायातका साधन सञ्चालन नहुँदा खच्चर चौरी र याकमार्फत सामान ढुवानी गर्ने गरिएको स्थानीयले बताएका छन् ।

पहिले देखि नै खच्चरलाई बोकाएर आवश्यकीय सामग्री ढुवानी गर्दै आएको मामाङ्खेका स्थानीय कैलास लिम्बूले बताए । सडक र यातायातको पहुँच नभएपछि खच्चरमार्फत सामग्री ढुवानी गर्नुको विकल्प नभएको लिम्बूले बताए ।

चाडपर्व नजिकिएसँगै यतिबेला स्थानीयले खच्चर, चौरी र याकहरुलाई बोकाएर धमाधम सामग्री ढुवानी गर्दै आएका फक्ताङलुङ गाउँपालिका-७ का स्थानीय तेन्जीङ शेर्पाले बताए । स्थानीय उपभोक्ता तथा गाउँका व्यवसायीहरूले खच्चर, चौरी र याकहरुलाई बोकाएर उपभोग्य सामग्री ढुवानी गर्दै आएको शेर्पाले बताए ।

फक्ताङलुङ गाउँपालिका-६ लेलेप सम्म यातायातका साधनहरूले खाद्यान्न सामग्री ढुवानी गर्ने गर्दछ । त्यसपछि भने दुई दिन तीन दिन पैदल र्मागमा चच्चर, चौँरी र याकमार्फ ढुवानी हुने गरेको गर्दछ । सिरिजंगा गाउँपालिकाको आम्बेगुदिनको खाम्दिमे बजार तथा तेल्लोक बजारदेखि गाउँसम्म खच्चरमार्फत सामान ढुवानी गर्दै आएका छन् ।

त्यस्तै, कतिपय सडकको ट्रयाक पुगेको ठाउँसम्म ट्रयाक्टरमार्फत सामान ढुवानी गरेपछि खच्चरलाई बोकाएर गाउँसम्म पुर्‍याउने गरिएको याम्फुदिनका विष्णु राईले बताए । राईका अनुसारअहिले दसैँतिहारजस्ता चाडपर्व नजिकिएकाले बढीजस्तो खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ ।

केही सीमित सामग्री भरियालाई बोकाएर पनि ढुवानी गर्ने गरिएको घुन्साका स्थानीय टाँसी तेन्जीङ शेर्पाले बताए ।  पछिल्लो समय भरिया पाउन छाडेकाले उपभोग्य सामग्री ढुवानीमा खच्चरकै प्रयोग हुने गरेको उनीहरूले बताएका छन् । यता भरियाभन्दा खच्चरमार्फत नै सामग्री ढुवानी गर्दा छिटो हुने र ढुवानी खर्च पनि केही सस्तो पर्ने स्थानीयको भनाइ छ । 


Author

थप समाचार
x