समाज

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा १० जना घाइते

इकागज |
असोज ३०, २०७८ शनिबार १८:२६ बजे

फाइल फोटो

काठमाडौँ : सुर्खेतमा मिनिबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दैलेखबाट सुर्खेत आउँदै गरेको मिनिबस वीरेन्द्रनगरको लादेमा दुर्घटना हुँदा १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस सुर्खेतको लादे नजिक दुर्घटना भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइतेमध्ये चार जनालाई प्रदेश अस्पताल कालागाउँ, चार जनालाई देउती नर्सिङ होम र एक जनालाई माया नर्सिङ होममा लगिएको छ ।


घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x