समाज

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
असोज ३०, २०७८ शनिबार १८:५५ बजे

काठमाडौँ - सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको देउती नागरिक यातायातको मिनिबस वीरेन्द्रनगरको लादेमा अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय युवा शुशिल राउत र दैलेखकै भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्य रहेकी छन् । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


सामान्य घाइते भएका ७ जनाको सुर्खेतकै प्रदेश अस्पताल, देउती र माया नर्सिङ होममा उपचार भइरहेको छ । बस दुर्घटनापछि चालक फरार भएका छन् । 
 


Author

थप समाचार
x