समाज

जनकपुरमा घाँटी रेटिएको अवस्थामा भेटियो सिरहाका युवाको शव

इकागज |
असोज ३१, २०७८ आइतबार १७:५२ बजे

फाइल फोटो

जनकपुरधाम  - धनुषामा एक युवकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । जिल्लाको नगराइन नगरपालिका ५ स्थित गंगुलीबाट देवडिहा जाने बाटोको छेउमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सो शव सिरहाको मिर्चैया नगरपालिका ८ बस्ने २८ वर्षीय सञ्जिव पण्डितको रहेको प्रहरीले जनाएको छ । पण्डितको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान बाटो छेउमा फेला परेको हो ।


सिरहा घर भएका ती युवक धनुषामा कसरी आए र हत्या कसले किन गरेको हो ? विषयमा खुलेको छैन । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x