समाज

भारी वर्षाका कारण नदीमा बाढी आउन सक्ने सम्भावना

इकागज |
असोज ३१, २०७८ आइतवार १८:३९ बजे

फाइल फोटो

काठमाडौँ - पश्चिमी वायुको प्रभावले आइतबारदेखि सुरु भएको वर्षाका कारण विभिन्न नदीमा बाढी आउन सक्ने चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको छ । आगामी तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै विभागले नारायणी, महाकारी, सेती, कर्णाली, भेरी लगायतका नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने चेतावनी दिएको हो । 

विभागको बाढी पूर्वानुमान महाशाखाले असोज ३१ रातीदेखि कार्तिक ३ सम्म भेरी, कर्णालीसहित महाकाली, सेती लगायतका नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको हो ।


जलवायु परिवर्तनका कारण मनसुन बाहिरिएपनि नेपालमा भारी वर्षा भएर बाढी आउने गरेको छ ।


 


Author

थप समाचार
x