समाज

रक्‍सी खाएका श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

इकागज |
असोज ३१, २०७८ आइतवार १९:९ बजे

तेह्रथुम - तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया  दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन ।


श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीकाे भनाइ छ । मृतक दिलकुमारीको शवकाे पाेस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको छ । आराेपी दलबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।  न्युज कारखाना


Author

थप समाचार
x