समाज

इन्जिनियरमाथिकाे दमन राेक्‍न एसोसिएसनको माग

इकागज |
कात्तिक ६, २०७८ शनिबार १७:४० बजे

काठमाडौँ - इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एसोसिएसन नेपालले माग गरेको छ । शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्दै एसोसिएसनले इन्जिनियरमाथि हुने हरेक दमनलालाई रोक्न माग गरेको हो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरूले प्रर्दशन गरेका हुन् ।

उनीहरूले कुशवाहालाई कालोमोसो दलेर अर्धन‍ग्‍न जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानविय भएको बताए । विरोध प्रदर्शनमा नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल प्रदेश दुईका अध्यक्ष तेजनारायण यादवले प्रदेश २ मा त्रास फैलिएको भन्दै राउतको विरोध गरे । कुशवाहालाई यदि राज्यले न्याय नदिए आफुहरूले आन्दोलन चर्काउने उनले चेतावनी दिए ।


राउतका कार्यकर्ताले जनकपुरधामको ढल व्यवस्थापन र सरसफाइको व्यवस्थापनमा चासो नदेखाएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरी कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए । प्रदर्शनकारीहरूले 'इन्जिनियरहरूमाथि दमन गर्न पाइँदैन, पीडितलाई न्याय दे' लगायतका नारा लगाएका छन् ।


Author

थप समाचार
x