समाज

भीम विश्‍वकर्माको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

इकागज |
कात्तिक ६, २०७८ शनिबार १८:२८ बजे

काठमाडौँ – चितवनका भीमबहादुर विश्‍वकर्माको हत्याको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चाको आयोजनामा मानव अधिकारकर्मीले शनिबार माइतीघर मण्डलामा भेला भई विकको हत्याको विरोधमा प्रदर्शन गरेका हुन् ।

भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुरको दसैंको महानवमीको दिन हत्या भएको थियो । प्रदर्शनकारीले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै जातीय विभेद अन्त्य गर्न सरकारसमक्ष माग गरेका छन् ।


उनको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने  लगायतका माग लेखिएका प्लेकार्ड बोकेर अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।


Author

थप समाचार
x