समाज

बेपत्ता आरोही खोज्न तालिम प्राप्त टोली लुक्लामा

इकागज |
कात्तिक ७, २०७८ आइतबार २०:३५ बजे

सोलुखुम्बु – जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता भएका आरोही छेतेन शेर्पाको खोजी गर्न तालिम प्राप्त टोली लुक्ला आएको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता रहेका शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहित तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो ।

सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका थिए । मंगलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट बेपत्ता भएका उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जाने तयारी छ ।


एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीकाअनुसार चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछ । टोली आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा छ ।


Author

थप समाचार
x