समाज

सिनामंगलबाट शंकास्‍पद रूपमा बसिरहेका ११ जना पक्राउ, अफगानी नागरिक हुनसक्‍ने आशंका

इकागज |
कात्तिक ८, २०७८ सोमवार ११:२६ बजे

प्रतिकात्‍मक तस्‍बिर

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अफगानी नागरिक हुनसक्‍ने आश‌ंकामा ११ जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता श्यामकुमार महतोकाअनुसार आज बिहान सिनामंगलको एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो । अफगानी मूलका नागरिक गैरकानुनी रूपमा काठमाडौँमा बसिरहेको भन्‍ने सूचनाका आधारमा उनीहरूलाई नियन्‍त्रणमा लिएको उनले बताए । 

उनीहरू अफगानी नागरिक नै हुन् वा होइनन् भन्‍नेबारे अनुसन्‍धान भइरहेको उनले बताए । 'अफगानी मूलका नागरिक हुनसक्‍ने आशंकामा हामीले ११ जनालाई सोधपुछका लागि नियन्‍त्रणम लिएका छौँ । उनीहरू अफगानी नै हुन् वा होइनन् भन्‍नेबारे सोधपुछ भइरहेको छ,' उनले भने । तालिबानले सत्ता कब्जा गरेपछि अफगानी नागरिकहरू स्‍थलमार्ग हुँदै नेपाल छिर्ने गरेको बताइन्‍छ ।



Author

थप समाचार
x