समाज

बस दुर्घटना : दुई जनाको मृत्यु, ५० बढी घाइते

इकागज |
कात्तिक ८, २०७८ सोमबार १४:३१ बजे

विराटनगर - पाँचथर सदरमुकाम फिदिम नजिकै भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला रहेको तर उनीहरूको सनाखत हुन बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ । 

क्षमताभन्दा बढी यात्रु बोकेर गुडेको बस दुर्घटना हुँदा घाइते भएका ६५ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सामान्य घाइतेहरूलाई जिल्ला अस्पताल पाँचथर र केहीको निजी अस्पतालहरूमा समेत उपचार भइरहेको छ । 


को १ ख ३८६५ नम्बरको यात्रु बस फिदिम नगरपालिका–४ स्थित सखरखण्डेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका यात्रुहरूलाई झापा र विराटनगर रिफर गरिएको छ । बाँकीको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई अस्पताल लैजानका लागि एम्बुलेन्ससमेत अभाव भएको जनाइएको छ । 


Author

थप समाचार
x