समाज

यसपालि तिहारमा घन्किनेछ मादलको धून

इकागज |
कात्तिक १०, २०७८ बुधवार १५:१७ बजे

काठमाडौँ- गत वर्ष कोभिड- १९ को महामारीका कारण दसैं र तिहार चाडपर्व उल्हासमय भएनन् । यसपटक काठमाडौँ छोडेर गाउँमा दसैं मनाउनेको भिड लाग्यो । दसैंलगत्तै दोस्रो चाड तिहार धेरै हिन्दूधर्मावलम्बीको घर आँगनमा आइपुगेको छ । बजारमा तिहारको किनमेल गर्नेदेखि सहरदेखि गाउँतर्फ जान थालिसकेका छन् ।

तिहारलाई बत्ती र संगीतमय चाडको रूपमा लिइन्छ । गाउँका मानिसहरू एकै ठाउँमा भेला भएर देउसी भैलो खेल्छन् । मादलको धून गुञ्जिन्छन् । जहाँ मादलुको धुनसँगै कम्मर भाँची नाच्नेसमेतको कमी हुँदैन ।


यतिखेर काठमाडौँका बाटामा तिहारमा मादल बजाउन खरिद गरी लानेहरू देखिने गरेका छन् । काठमाडाैँकाे भद्रकाली मन्दिरअगाडि र सैनिक मुख्यालयको गेटमा दोलखाका न्यौपाने दाजुभाइ हातमा मादल बोकेर हिँडिरहेका छन् ।

'पोहोर साल तिहारमा मादलको धून सुन्न पाएका थिएनौं,' दानबहादुर न्यौपाने भन्छन्, 'राम्रो खरी भएको मादल खरिद गरेर लगेका छौं ।' न्यौपाने दाजुभाइले एक हजारमा दुई वटा मादल किनेका हुन् । उनले घरमा बजाउने मादलको खरी झरेकाले मादल खरिद गरेर लागेका हुन् ।


Author

थप समाचार
x