समाज

९४ तोला चाँदीसहित एक पक्राउ

इकागज |
कात्तिक १०, २०७८ बुधबार १५:३१ बजे

मोरङ- मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ परेका छन् । बिल नभएको ९४ तोला चाँदी सहित रतुवामाई नगरपालिका-३ का ३० वर्षीय धर्बेन्द्र शर्मा पक्राउ परेका हुन् । 

 प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले मंगलबार साँझ जाँच गर्ने क्रममा चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई पक्राउ गरेको हो । बरामद चाँदी सहित उनलाई आवश्यक कारबाहीकालागि मुलभन्सार कार्यालय रानी विराटनगर पठाइने प्रदेश-१ प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 



Author

थप समाचार
x