समाज

कर्णालीका मुख्यमन्त्रीद्वारा बाढी पहिरोको निरीक्षण

इकागज |
कात्तिक २२, २०७८ सोमबार १७:२८ बजे

फाइल फाेटाे

सुर्खेत – कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गरेका छन् । हालै आएको अविरल वर्षाका कारण  आएको बाढीपहिरोले  खार्पुनाथ गाउँपालिका–६ मा एकै घरका ६ जनाको मृत्यु हुनाका साथै चंखेली, अदानचुली र ताजाँकोट गाउँपालिकामा भौतिक क्षति पुर्‍याएपछि मुख्यमन्त्रीले सो घटनामा चासो राखेका हुन् । 

सिमिकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलाई मुख्यमन्त्री शाहीले विकास निर्माणमा सडक, खानेपानी, स्वास्थ क्षेत्रलाई  पहिलो प्राथमिकता दिन  र जनताका सानातिना काम छिटोछरितो गर्नसमेत निर्देशन दिए ।  


प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले १ सय ४७ परिवारको बस्ती स्थानान्तरण गर्नुपर्ने जानकारी दिनका साथै  ४१ घर उच्च जोखिममा रहेका, १ सय ४४ परिवारको ३३ हजार २ सय ५० क्विन्टल अन्नबाली  क्षति भएको र १० वटा पशु चौपाया मरेको जानकारी दिए । सोमबार बाढीपहिरो निरीक्षणका क्रममा मुख्यमन्त्री शाहीले पीडित जनतालाई सरकारले उचित राहत दिने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x