समाज

भूमि आयोगका अध्यक्षलाई गृहमन्त्रीले भने– नतिजा आउनेगरी काम गर्नूस्

इकागज |
कात्तिक २३, २०७८ मगलवार २१:२९ बजे

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय भूमि आयोगले हालसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई बोलाएर हालसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् ।

आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका काम अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्यांक मागिएको जानकारी दिए । उनले अहिलेसम्म ११ लाख फाराम भरिएकामा सफ्टवेयरमा जम्मा एक लाख ८४ हजारमात्रै इन्ट्री गरिएको जानकारी गराएका छन् । कात्तिक मसान्तसम्म कार्यविधि बनाएर काम सुरु गरी माघ मसान्तसम्ममा केही मात्रामा भए पनि जग्गा धनी पूर्जा बाँड्ने गरी काम गरिरहेको उनले जानकारी दिए ।


गृहमन्त्री खाणले अध्यक्ष निरौलालाई नतिजा आउनेगरी काम गर्न निर्देशन दिएका छन् । ‘आयोगलाई गृह मन्त्रालयबाट आवश्यक पर्ने साथ र सहयोग पूर्ण रूपमा छ । नतिजा आउने गरी काम गर्नुहोला,’ गृहमन्त्री खाणले भने ।


Author

थप समाचार
x