समाज

विराटनगरका मेयर पराजुली १८औं पटक दण्ड प्रणायाममा

इकागज |
कात्तिक २४, २०७८ बुधबार १२:५५ बजे

विराटनगर - छठ पर्वका अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८औं पटकको दण्डप्रणायाम शुरु गरेका छन् । मेयर पराजुले विराटनगर-३ ठूलोमिल चोकस्थित शिव पाञ्चायान मन्दिरदेखि विराटनगर-१ सिंघीया खोला परोपकार घाटसम्मको साढे ३ किलोमिटरको दुरीमा घिस्रिएर दण्ड प्रणायाम गरिरहेका छन् । कोभिड १९ को महामारीका कारण गतबर्ष भने उनले दण्ड प्रणायाम गर्न सकेका थिएनन् । 


हिजो मंगलबार विधिपुर्वक खर्ना सकेर मेयर पराजुलीले आजदेखि निराहार छठ माताको ब्रत बसिरहेका छन् । ब्रतकै क्रममा उनले विगतदेखि नै दण्ड प्रणायाम गर्दै आएका छन् । दण्ड प्रणायाम सम्पन्न गर्न उनलाई करीव ५ घण्टाको समय लाग्नेछ ।

यस पटक आफुले विश्व शान्ती, लोककल्याण र कोभिड १९ को महामारीबाट मानिसहरुलाई मुक्तिको कामना गर्दै दण्ड प्रणायाम गरेको मेयर पराजुलीले बताए । मेयर पराजुलीलाई उनका भतिजा प्रमिश पराजुलीले पनि ६ बर्षदेखि साथ दिंदै आएका छन् ।


Author

थप समाचार
x