समाज

देउसी टोली सवार बस नारायणगढमा दुर्घटना

इकागज |
कात्तिक २४, २०७८ बुधवार १६:५५ बजे

चितवन – बाँकेको कोहलपुरबाट सौराहा जाँदै गरेको भे १ ख २८३६ नम्बरको यात्रुबहाक बस बुधबार बिहान नारायणगढ लायन्सचोकको पुँगीखोलामा खसेको छ ।मगर समाजको देउसी भैलो टोली बोकेर कोहलपुरबाट चितवनको सौराहा आउँदै गरेको शाही ट्राभल्सको उक्त बस बुधबार बिहान ८ः३० बजे पुंगीखोलामा खसेको हो ।

बसमा ४६ जना यात्रु रहेकोमा चालक विनोद शर्मा सामान्य घाइते भएका छन् भने बाँकी यात्रुको सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। दुर्घटना हुनासाथ प्रहरी र स्थानीयले गाडीको सीसा फुटाएर यात्रुको उद्धार गरेका थिए ।


बस चलाउने सहचालक रमेश कर्ण, चालक विनोद शर्मा र दुर्घटनामा परेको बस जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उक्त बसले लायन्सचोकमा म्याजिक भ्यान र एउटा अटोलाई ठक्कर दिएर पुंगीखोलामा खसेको प्रहरीले जनाएको छ । सवारी चालक अनुमति पत्र नभएका सहचालकले बस चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


Author

थप समाचार
x