समाज

सरोकारवालासँग छलफल

दुर्घटना बढेपछि हेटौँडा प्रशासनको एक्सन : टाइम कार्डदेखि, दुई जना सवारी चालक अनिवार्य राख्नुपर्ने

इकागज |
कात्तिक २५, २०७८ बिहिवार १९:३७ बजे

काठमाडौँ – जिल्लामामा सडक दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय हेटौँडाले न्यूनीकरणको उपायको खोजी गरेको छ । प्रशासनले आज बिहीबार सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर दुर्घटना न्यूनीकरणको उपायको खोजी गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापस)को चेकजाँचलाई कडाइका साथ कार्यान्वयन गर्ने, मापसे गरेर सवारी चलाउने चालकमाथि तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।


 सडक दुर्घटना सम्भावित क्षेत्रहरूमा सडक बत्ति, ट्राफिक संकेत तथा चिन्हलगायतका पूर्वाधार यथाशीघ्र स्थापना गर्नका लागि सडक डिभिजन कार्यालय, मकवानपुर र स्थानीय तहहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरसँग समन्वय गरी गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

त्यस्तै आजको बैठकले लामो दूरीका सवारी साधनले अनिवार्य रुपमा २ जना सवारी चालक राख्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन भए नभएको हेर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले नियमित रुपमा अनुगमन गर्ने बताइएको छ ।

साथै, आफ्नो कम्पनीमा आबद्ध चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरसँग आवश्यक समन्वय गरी ३र३ महिनामा कम्तिमा एकपटक सडक सचेतना एवं दुर्घटना न्यूनीकरण सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।  

भैंसे(भीमफेदी(कुलेखानी(फाखेलरसिस्नेरी सडक खण्ड भई सञ्चालन हुने सुमोहरूको हकमा टाईम कार्ड लागू गरिने भएको छ ।ईरिक्सा र अटोहरूलाई मुख्य सडकमा प्रवेश नगरी सहायक सडकमार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।   


Author

थप समाचार
x