समाज

ज्यान मार्ने उद्योग गरी फरार अभियुक्त पक्राउ

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १९:१० बजे

ताप्लेजुङ – ज्यान मार्ने उद्योग गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवा बस्ने ३३ वर्षीय कमल लिम्बू छन् ।  

लिम्बूका साथबाट प्रहरीले म्यागेजिनसहितको एक थान पेस्तोल र दुई थान गोली तथा दापसहितको एक थान खुकुरी फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता कैलाश अधिकारीले बताए । 


अभियुक्त कमलले मेरिङ्देन गाउँपालिका खोजुङ्वाका २६ वर्षीय विनोद नाल्बो लिम्बूलाई कन्चटमा पेस्तोल ताकेर फरार रहेको अभियोग लागेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना शीर्षकमा जाहेरी दरखास्त लिएर मुद्दा दर्ता गरी ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी राखिएको जनाएको छ ।


Author

थप समाचार
x