टुकुचे हिमालबाट हिउँ पहिरो खस्यो
पोखरा - मुस्ताङस्थित टुकुचे पिकबाट हिउँ पहिरो खसेको छ । आइतबार बिहान हिउँ पहरो खसेको हो । हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए । एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले हिउँ पहिरो खसेको पुष्टि गरे ।
‘मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया