समाज

कर्णाली

मुगुमा ६ वर्षीया बालिका खोलामा डुबेर बेपत्ता

इकागज |
मंसिर ३, २०७८ शुक्रबार २०:३० बजे

मुगु - मुगुमा एक बालिका बिहीबारदेखि बेपत्ता भएकी छन् । जिल्लाको खत्याड गाउँपालिका–४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन् । 

बिहीबार ४ बजे तिर आफ्नै घरनजिकै खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (एसपी) सुवास हमालले बताए ।उनका अनुसार बिहीबारदेखि माझचौर प्रहरी पोस्टका प्रहरी र घर परिवार तथा स्थानीयहरूले खोज तलास गरिरहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 



Author

थप समाचार
x