समाज

कामपाद्वारा खुला शारीरिक व्यायामस्थल स्थापना

इकागज |
मंसिर ३, २०७८ शुक्रबार २१:६ बजे

काठमाडौँ – काठमाडौं महानगरपालिकाले खुला शारीरिक व्यायामशाला स्थापना गरेको छ । महानगरले काठमाडाैं वडा नम्बर १८ मा खुला शारीरिक व्यायामस्थल स्थापना गरेको हो । पुष्पलाल पार्कमा सञ्चालनमा ल्याइएको उक्त व्यायामस्थलको शुक्रबार उद्घाटन गरिएकाे छ ।  

उक्त स्थलबाट नागरिकले व्यायाम निःशुल्क गर्न पाउनेछन् जहाँ व्यायाम स्काई वाकर, एअर वाकर, क्रस ट्रेनर, सिट अप सिंगल , चेस्ट प्रेस, साइकल, हर्स राइडर, पुस अप बारजस्ता ११ प्रकारका सामग्री छन् । व्यायामका सामग्री नौ लाख ९५ हजार रूपैयाँ लागतमा जडान गरिएको परामर्शदाता चन्द्रेश्वरप्रसाद सिंहले जानकारी दिए । 


नगर प्रमुख विद्यासुन्दर शाक्यले हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर घर नजिक शारीरिक अभ्यास स्थान निर्माण गर्ने सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम कामपाको रहेको र त्यसको सञ्चालन र व्यवस्थापन गर्ने काम स्थानीयको रहेको कार्यक्रममा बताए ।


Author

थप समाचार
x