समाज

कर्णालीका मुख्यमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

इकागज |
मंसिर ६, २०७८ सोमबार १४:३९ बजे

सुर्खेत -  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रधानसेनापति प्रभुराम शर्माबीच सोमबार भेट भएको छ । भेटघाटको अवसरमा प्रधानसेनापति शर्माले कर्णालीको विकास निर्माणका गतिविधि र विपद् व्यवस्थापनका क्रियाकलापमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका छन् ।

यस्तै शर्माले आगामी दिनमा प्रदेश सरकारसँग नियमित तथा निकट समन्वयमा रही काम गर्न इच्छुक रहेको र कर्णाली करिडोरअन्तर्गत सल्लिसल्ला खण्डको ७ किलोमिटर चट्टान खण्डको सडक समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


त्यसैगरी मुख्यमन्त्री शाहीको अनुरोधमा हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्नसमे शर्मा राजी भएको बताइएको छ । यस्तै मुख्यमन्त्री शाहीले रुकुम–सल्यान, छिन्चु–जाजरकोट–डोल्पा सडक, कर्णाली राजमार्ग नाग्मा जुम्ला, खुलालु–सल्लिसल्ला सडक खण्ड र विपद् व्यवस्थापनमा भएको नेपालीको सेनाको योगदानबारे चर्चा र प्रशंसासमेत गरेका छन् ।
 


Author

थप समाचार
x