समाज

गाँजाको धूलोसहित काठमाडौंबाट एक जना पक्राउ

इकागज |
मंसिर ६, २०७८ सोमबार १५:२४ बजे

काठमाडौँ – प्रतिबन्धित गाँजाको धुलोसहित काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–४ बस्ने २९ वर्षीय अर्जुन तामाङ रहेका छन् । 

आइतबार दिउँसो बा. ३ ख २६८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार तामाङका साथबाट उक्त लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x