समाज

भूपेन्द्र बडुवालको हत्या आरोपमा थप एक जना पक्राउ

दीपक उपाध्याय |
मंसिर ६, २०७८ सोमबार २०:३० बजे

कैलाली- भूपेन्द्र बडुवालको हत्या आरोपमा प्रहरीले थप एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका ३ चिसापानी बस्ने बर्ष १९ का मदन शाही छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरान उपमहानगरपालिका -४ बाट सोमबार पक्राउ गरिएको हो । 

कैलाली लम्कीका २३ वर्षीय युवक बडुवाललाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा यसअघि ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ६ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए ।


कात्तिक २३ गते मंगलबार राति टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका-१ का २३ वर्षीय बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका-३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै टीकापुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का रहेका छन्। देवकोटाबाहेक पक्राउ परेका अन्य ९ जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ भने देवकोटालाई चक्कु प्रहार गरेको आरोप लागेको छ ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x