समाज

ओमीक्रोन भेरियन्टको जोखिम

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

इकागज |
मंसिर १२, २०७८ आइतबार १८:४० बजे

फाइल तस्‍बिर

काठमाडौँ- सरकारले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने आइतबार निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाएको जानकारी दिए ।


गृह मन्त्रालयको निर्णय कार्यान्वयनका गर्न अध्यागमन विभागले मातहतका अध्यागमन कार्यालयहरूलाई परिपत्र गरिसकेको छ । अफ्रिकी देशहुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोभिड परीक्षणको रिपोर्ट र प्रवेशको औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको पोखरेलले प्रस्ट पारे ।

कोभिडको नयाँ भेरिएन्ट ओमीक्रोनबाट संक्रमित भएकाहरू दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्‍न मुलुकहरूले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरू लिन थालेका छन् ।

 


Author

थप समाचार
x