समाज

सर्लाहीमा एकै परिवारका तीन जना मृत फेला

इकागज |
मंसिर १२, २०७८ आइतबार २१:१२ बजे

सर्लाही - सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झुण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको र  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x