समाज

पतांगिणी गणेश मन्दिरमा अष्टमातृकाको मूर्ति स्थापना

इकागज |
मंसिर १३, २०७८ सोमबार १९:२६ बजे

काठमाडौँ - काठमाडौं महानगरपालिका–१९ स्थित यट्खामा रहेको पतांगिणी गणेश मन्दिर परिसरमा अष्टमातृकाको मूर्ति स्थापना गरिएको छ । काजी गगन सिंहको ऐतिहासिक दरबारको पटाङ्गिणीमा रहेको गणेश भएकाले यो गणेशलाई पतांगिणी गणेश भन्ने गरिएको हो ।

ऐतिहासिक यो दरबार गगन सिंहको हत्यापछि राणा सरकारले राजपुरोहित पाण्डे खलकलाई बक्सिसमा दिएको थियो । पूर्वबडागुरु केशरीराज पाण्डेका सन्ततिको निवास अहिले यो दरबारमा छ । निधन हुनुअघि गुरु पाण्डे पनि यही दरबारमा बस्थे ।


ऐतिहासिक दरबार क्षेत्रमा रहेको गणेश मन्दिरमा सोमबार सिंहिनी र व्याघ्रिनीसहित अष्टमातृकाको मूर्ति स्थापना गरिएको महानगरपालिका-१९ का सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । 


Author

थप समाचार
x