समाज

बैंकिङ कसुर गरी फरार महिला पक्राउ

इकागज |
मंसिर १३, २०७८ सोमबार २१:४ बजे

प्रतिकात्‍मक तस्‍बिर ।

लमजुङ - लमजुङमा बैंकिङ कसुरका फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेंशीसहर नगरपालिका–३ बसौला गाउँ बस्ने ३० वर्षीय प्रजिता गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

उनका अनुसार पक्राउ परेका महिलालाई उच्च अदालत पाटनबाट ०७७ पुस ५ गते एक दिन कैद र दुई लाख  रूपौयाँ जरिवाना तोकिएको थियो । सोलगत्तै फरार रहँदै आएकी ती महिलालाई पक्राउ गरी सोमबार नै (आज) जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । महिलाले जरिवानाबापतको रकम बुझाएको र एक दिन कैदका लागि जिल्ला कारागारमा जेल चलान गरेको प्रहरीको भनाइ छ ।



Author

थप समाचार
x